नेपालमा थप २४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २४४० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर ११३३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसंगै ६५ हजार २०२ जना निको भएर घर फर्किएका छन् ।
कोरोना संक्रमणबाट अहिलेसम्म ५५४ जनाको मृत्यु भएको छ ।