सत्तारुढ नेकपा सचिवालयको बैठक भोलि (मंगलबार) बस्ने भएको छ ।
आइतबार स्थगित भएको सचिवालय बैठक मंगलबार दिउँसो ४ बजे बस्ने तय भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबारको छलफलपछि भोलिका लागि सचिवालय बैठक डाकिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।
दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकीकरणका बाँकी काम, सरकारका गतिविधि लगायतका विषयमा छलफल भएको छ । सचिवालय बैठकमा पनि यिनै विषयमा छलफल हुनेछ ।