देशका विभिन्न जिल्लामा कोरोना संक्रमित बिरामीमध्ये ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
सोमबारसम्म प्रदेश १ मा चार, प्रदेश २ मा दुई, बागमतीमा ३१ र प्रदेश ५ मा ६ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यस्तै देशका विभिन्न जिल्लामा २४४ जना संक्रमित आईसीयूमा छन् । मन्त्रालयको विवरणअनुसार प्रदेश १ मा ३०, दुईमा १७ र बागमती प्रदेशमा १२४ जना आईसीयूमा छन् ।
गण्डकीमा ६, प्रदेश ५ मा ४७, कर्णालीमा १६ र सुदूरपश्चिममा ४ जना संक्रमित आईसीयूमा छन् ।