मुलुकभर मंगलबार दिउँसोको मौसममा सामान्यदेखि आंशिक बदली भइ केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविदहरुका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ भने बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ ।
प्रदेश १ का थोरै स्थानहरुमा हल्का देखि मध्यम तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यसका साथै मंगलबार राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
अहिले बिहान प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ ।
बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको मौसमविदले जनाएका छन् ।