२३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग गर्दै साझा पार्टीले आज प्रदर्शन गर्ने भएको छ ।
शिक्षा र स्वास्थ्य राज्यको दायित्वभित्र राख्नुपर्ने माग गर्दै साझा पार्टी बागमती प्रदेशले दिउँसो ४ बजे बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन गर्न लागेको हो ।
भदौ २९ गते जुम्लाबाट थालेको डा. केसीको अनशन २३ औं दिनमा पुगेको छ । हाल त्रिवि शिक्षण अस्पतालमा अनशनरत उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ ।
यता सरकारले भने माग पूरा गर्न हालसम्म कुनै चासो देखाएको छैन ।