नेपाली बजारमा सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ८ सय रुपैयाँ र चाँदीको मूल्यमा प्रतितोला २० रुपैयाँले बृद्धि भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै यस साता स्थीर रहेको चाँदी २० रुपैयाँले बढेर १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।