logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश ५ को नाम र राजधानीका विषयमा तीन सांसदको संशोधन प्रस्ताव


अंकुरण खबर
1.079K
Shares

प्रदेश पाँचको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी प्रदेश राख्ने प्रदेश सरकारको प्रस्तावमा तीन जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

नेपाली काँग्रेस सांसद रमा अर्याल र पुष्पा थरुनी तथा जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता सहषराम यादवले प्रदेश सभा सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

यादवले सरकारले प्रस्ताव गरेको लुम्बिनी प्रदेश नाम सच्याई थरुहट, मगरात र अवध नाम राखियोस् भन्ने संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले जानकारी दिए ।

उनीहरुले राजधानीका विषयमा भने संशोधन प्रस्ताव हालेका छैनन् । यस्तै, नेपाली काँग्रेसका सांसद अर्याल र थरुनीले बैकल्पिक राजधानी तोकियोस् भनेर दाङ राजधानी बनाउन नहुने प्रस्ताव पेस गरेका छन् ।

उनीहरुले पाल्पा, नवलपरासी, रुपन्देही र कपिलवस्तु क्षेत्रलाई जोडेर राजधानी बनाउनुपर्ने प्रस्ताव सचिवालयमा दर्ता गराएको अधिकारीले बताए ।

यसैबीच मंगलबार (आज) दिउँसो १२ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक अझै बस्न सकेको छैन । प्रदेश सभा सचिवालय स्रोतका अनुसार दलहरु आआफ्नो आन्तरिक छलफलमा रहेकाले बैठक बस्न ढिलाई भएको हो ।