मंगलबार गण्डकी प्रदेशमा २१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा पोखराका ६ जनासहित गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमितमध्ये कास्कीका ६ जना, स्याङजाका १ जना, तनहुँका २ जना, गोरखाका १ जना र नवलपरासीका ११ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार २ सय ६४ पुगेको छ ।
