logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डा. केसीलाई अनशन रोक्न सरकारको आग्रह


अंकुरण खबर
1.027K
Shares

सरकारले डा. गोविन्द केसीलाई अनशन रोक्न आग्रह गरेको छ ।

सरकारका तर्फबाट अनशनस्थल त्रिवि शिक्षण अस्पताल पुगेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीसहितको टोलीले यस्तो आग्रह गरेको हो ।

सचिव मैनालीको नेतृत्वमा तीन जनाको टोली त्रिवि शिक्षण अस्पताल पुगेको थियो । त्रिवि पुगेका शिक्षा सचिव मैनालीले सरकारका तर्फबाट औपचारिक रुपमा वार्ताटोली नबनेको जानकारी दिएको डा.केसीका सहयोगी प्रीतम सुवेदीले बताए ।

डा. केसीले आफ्ना मागमा छलफल गर्ने हो भने सरकारले आधिकारिक रुपमा वार्ता टोली गठन गर्नुपर्ने बताएर मैनालीको टोलीलाई फिर्ता पठाइदिएका छन् ।

डा. केसी चिकित्सा शिक्षा सुधार र विगतमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वनयको माग गर्दै विगत २३ दिनदेखि अनशनमा छन् ।

सरकारले भने डा. केसीको माग सुनुवाइका लागि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन । विभिन्न दल, चिकित्सक लगायत पेसागत संगठन र नागरिक समाजले डा. केसीको मागप्रति ऐक्यबद्धता जनाइसकेका छन् ।