logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

४ अंकले बढ्यो नेप्से


अंकुरण खबर
858
Shares

मंगलबार सेयर बजारको परिसूचक नेप्से ४ अंकले बढेको छ । ४.१७ अंकले बढेको परिसूचक १ हजार ५८६ अंकमा कायम भएको छ ।

यस दिन २ अर्ब ४२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यस दिन १९५ कम्पनीको कारोबार भएको छ। समूहगत रुपमा हेर्दा जलविद्युत क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ । यो समूह नै यस दिन सबैभन्दा धेरै ६६ अंकले बढेको छ ।

बैंकिङ ०.४६, होटल ०.१५, निर्जीवन बीमा समूह ५७, माइक्रोफाइनान्स ९, जीवन बीमा २५ अंकले घटेका छन् । त्यस्तै जलविद्युत समूहका अलवा ब्यापार ८, विकास बैंक ७, फाइनान्स ६, अन्य २ र उत्पादन समूह ४ अंकले बढेका छन् ।

यस दिन ५ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। नेपाल फाइनान्स, ङादी ग्रुप, दिव्यश्वरी हाइड्रो, नेसनल हाइड्रोपावर, माउन्टेन हाइड्रोको मूल्य १० प्रतिशतले बढेको छ ।

रसुवागढी हाइड्रोपावर, खानीखोला हाइड्रो, कालिका पावरको मूल्य पनि १० प्रतिशतको हाराहारीमा बढेको छ ।

सानिमा माइ हाइड्रोको सबैभन्दा बढी १० करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। नेसनल हाइड्रोपावरको १० करोड तथा अरुण काबेलीको ९ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

यस दिन अरुण भ्याली हाइड्रोको मूल्य भने सबैभन्दा धेरै ४ प्रतिशतले घटेको छ ।