logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश ५ को स्थायी राजधानी भालुवाङ दुईतिहाइ बहुमतबाट पारित


अंकुरण खबर
1.391K
Shares

प्रदेश ५ को स्थायी राजधानी प्रदेश सरकारले दर्ता गरेको प्रस्ताव प्रदेशसभाको दुई तिहाइ बहुमतबाट पारित भएको छ ।

प्रदेश ५ को प्रदेशसभामा आज भएको मतदानबाट उक्त प्रस्ताव पारित भएको हो । प्रदेशसभामा उपस्थित ८२ सांसदमध्ये प्रस्तावको पक्षमा ६९ जना र विपक्षमा १३ जनाले मतदान गरेका थिए ।

यससँगै अब प्रदेशको राजधानी दाङको भालुवाङ कायम भएको छ । प्रदेशसभामा कूल ८७ सांसद रहेकामा ६१ जना सत्तारुढ दल नेकपाका सांसद थिए । नेकपाले प्रस्तावको पक्षमा र नेपाली कांग्रेसले विपक्षमा मतदान गर्न आ–आफ्ना सांसदहरूलाई ह्विप जारी गरेका छन् ।

प्रदेश ५ सरकारले गत शुक्रबार भालुवाङ बजार र त्यस आसपासको राप्ती किनारले समेटेको उपत्यकालाई स्थायी राजधानी बनाउने निर्णय गरेको थियो ।