logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुली मालपोत कार्यालय अनिश्चितकालका लागि बन्द


अंकुरण खबर
1.157K
Shares

भूमि सुधार तथा मालपोत कार्यालय सिन्धुली मंगलबारबाट अर्को सूचना नआएसम्मका लागि बन्द भएको छ।

कार्यालयमा अग्रपंक्तिमा बसेर काम गर्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द गर्ने निर्णय भएको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचनामा कर्मचारीमा कोभिड-१९ को संक्रमण र अन्य कर्मचारी पनि अस्वस्थ भएका कारण सेवा प्रवाह गर्दा संक्रमण फैलन सक्ने भन्दै आजदेखि अर्को सूचना नभएसम्मका लागि कार्यालय बन्द भएको उल्लेख छ । रासस