logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
1.443K
Shares

पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ महिला र ५ पुरुष गरी ९ जना संक्रमितको मृत्यु भएको छ ।

तेह्रथुमका ३१ वर्षिय, सुनसरीका ६४ वर्षिय, ललितपुरका ६१, ७७ वर्षिय, नवलपरासी पूर्वका ७७ वर्षिय पुरुष संक्रमितको मृत्यु भएको छ ।

त्यसैगरी, काठमाडौंका ५९ वर्षिय, ६० वर्षिय, ललितपुरका ६७ वर्षिय र चितवनका ६० वर्षिय महिला संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या ५६३ पुगेको छ।