logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण


अंकुरण खबर
2.002K
Shares

हास्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले सोमबार स्वाब दिएकामा मंगलबार आएको पीसीआर रिपोर्ट अनुसार संक्रमण पुष्टि भएको हो । हरिवंश आचार्यका अनुसार उनीसँगै उनकी श्रीमती रमिला आचार्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले आफ्नो सम्पर्कमा आउनेहरुलाई पीसीआर परीक्षण गर्न र होम आइसोलेसनमा बस्‍न आग्रह गरेका छन् । आचार्यले जनस्वास्थ्यका मापदण्ड अपनाउन पनि उनले सुझाएका छन् ।