logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर २८३ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा


अंकुरण खबर
3.575K
Shares

देशभरका विभिन्न अस्पतालमा २८३ कोरोना संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

जसमध्ये २४३ जना व्यक्तिको आइसियुमा र ४० जना भेन्टिटरमा राखि उपचार भइरहेको छ ।

कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ ।

सबैभन्दा बढी कोरोना संक्रमितको बागमती प्रदेशमा १२५ जना आइसियु र २९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रदेश ५ मा ४९ जना आइसियु र ७ जना भेन्टिलेटरमा, प्रदेश १ मा  ३२ जना आइसियु र २ जना भेन्टिलेटरमा र  प्रदेश २ मा १४ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सुदुरपश्चिममा १ जना आइसियु गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १६ आइसियुमा उपचाररत रहेका छन् ।