logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.443K
Shares

चितवनमा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड-१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ६२ जनामध्ये ५७ जना चितवनका हुन् ।

बाँकी पाँच जनामध्ये नवलपरासीका एक महिला र एक पुरूष, जाजरकोट हुम्ला र मोरङका एकरएक जना पुरूष रहेको अस्पताल प्रशासनले जनाएको छ ।

भरतपुर अस्पतालले मंगलबार बेलुका सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका २७ पुरूष र १६ महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै खैरहनीका ३ पुरूष र २ महिलामा पनि संक्रमण भएको छ ।

भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले दिएको जानकारीअनुसार माडीका एक पुरूष, रत्ननगर र कालिकाका एक एक जना पुरूष र राप्तीका ६ पुरूषमा पनि संक्रमण पुष्टि भएको हो ।