चितवनमा थप दुई कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर–१० का ६१ वर्षीय पुरुषको मंगलबार साँझ ६ः३० बजे मृत्यु भएको हो ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालले यही असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्या भई अस्पताल भर्ना भएका ती पुरुषको मंगलबार साँझ ६ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।
यस्तै मंगलबार साँझ नै पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका–९ का ८१ वर्षीय पुरुषको मृत्यु भएको छ । असोज १८ गते पिसिआरका लागि स्वाब दिएर घरमै बसेका ती पुरुष गएराती ६ बजे अस्पताल पुगेका थिए ।
श्वासप्रश्वासको समस्या देखिएका उनको ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनको मृत्युपछि मंगलबार साँझ ७ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।