logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

८ सयले घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


अंकुरण खबर
845
Shares

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ८ सय र चाँदी २५ रुपैयाँले घटेको हो ।

आज छापावाला सुन तोलामा ८ सयले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी पनि आज २५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।