logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा २७ जना सैनिकसहित थप ३७ जनामा कोरोना संक्रमण


अंकुरण खबर
728
Shares

गण्डकी प्रदेशमा नेपाली सेनाका सुरक्षाकर्मीसहित थप ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणका क्रममा बागलुङमा कार्यरत नेपाली सेनाका २७ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । यस्तै, बागलुङमै कार्यरत नेपाल प्रहरीका १ पुरुष कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ ।

अन्य संक्रमितमा बागलुङकै ४ जना, कास्कीको पोखरा महानगरपालिकाका ३ जना र लमजुङका २ जना छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६७ पुगेको प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।