logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अनसनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै


अंकुरण खबर
1.183K
Shares

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

१९ औँ  पटकको अनसन बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको उनको उपचारमा खटिएका चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकहरुका अनुसार डा केसीको उच्च रक्तचाप अत्यधिक मात्रामा घटेर ७०/५० पुगेको, सुगरको मात्र निकै कम हुँदै गएको छ ।

उनलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने भएपनि डा. केसीले कुनै पनि उपचार सेवा लिनको लागि नमानिरहेको चिकित्सकहरुको भनाइ रहेको छ ।

नागरिकहरुको सेवाका लागि जुम्ला पुगेका डा. केसीले गत भदौ २९ गते जुम्लाबाट अनसन शुरु गरेका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौं ल्याइएको थियो । भने हाल उनलाई त्रिवि शिक्षण अस्पतालमा राखी उपचार भइरहेको छ ।