नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
कोरोना भाइरसको संक्रमण देखिएसँगै उनी काठमाडौंको सामाखुसीस्थित निवासमा ‘होम आइसोलेसन’ मा बसेका छन् ।
सभापति केसीको मंगलबार कोरोनाको पोजेटिभ रिपोर्ट आएको पारिवारिक स्रोतले जनाएको छ । कांग्रेस केन्द्रीय सदस्य अर्जुनरसिंह केसीमा संक्रमण देखिएपछि उनी कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए ।
उनलाई कोरोना संक्रमण देखिएको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पुष्टि गरेका छन् ।
उनले फेसबुकमा भनेका छन्, “नेपाली कांग्रेसका नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीज्यूमा कोभिड-१९ संक्रमण पुष्टि भएकाले शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”