काठमाडौं उपत्यकामा आज थप १६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा काठमाडौंका १२ सय ९६, ललितपुरका २९३ जना र भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो केही सातायता काठमाडौंमा कोरोनाको संक्रमण दर उच्च छ ।
पछिल्लो २४ घण्टामा देशभर १४ हजार २०९ जनाको पीसीआर परीक्षण भएकोमा ३४ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ ।