logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धरानमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ


अंकुरण खबर
975
Shares

सुनसरीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धरान उपमहानगरपालिका-१६ डेरा गरी बस्ने ४२ वर्षीय बिकास मण्डललाई बेलुका प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएअनुसार आरोपित मण्डलले ती बालिकालाई पटकपटक बलात्कार गरेका थिए । यो सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।