जाजरकोटमा जिप दुर्घटना हुँदा वडाध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ ।
सदरमुकामबाट जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको जीप बुधबार दिउसो २ बजेतिर औँलखोला भन्ने ठाँउमा दुर्घटनामा परेको हो ।
जुनीचाँदे गाउँपालिका-११ को औलोखोलामा भे १ ज ९३५ नम्बरको जीप दुर्घटना हुँदा वडा नम्बर -११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित स्थानीय अमरबहादुर शाही, कृतिबहादुर शाही, लालबहादुर बुढा, खेमराज शाही र मालिका बस्नेतको घटनास्थलमै मृत्यु भएको छ ।
जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।