logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इटालीमा एकैदिन पाँच महिनापछिकै धेरै संक्रमित थपिए


अंकुरण खबर
793
Shares

इटालीमा पाँच महिनापछि एकै दिन सबैभन्दा बढी संक्रमित भेटिएका छन् ।

इटालीको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा इटालीमा ३ हजार ६७८ संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार अहिलेसम्म इटालीमा ३ लाख ३३ हजार ९४० जना संक्रमित भएका छन् ।

इटालीमा कोरोनाबाट अहिलेसम्म ३६ हाजर ६१ जनाको ज्यान गएको छ भने अहिलेसम्म २ लाख ३५ हजार ३०३ जना संक्रमण मुक्त भएका छन् ।

इटालीमा अहिले पनि ६२ हजार ५७६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।