logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रौतहटमा १७ वर्षीया युवतीको शंकास्पद मृत्यु


अंकुरण खबर
936
Shares

रौतहटमा एक १७ वर्षीया युवतीको शंकास्पद मृत्यु भएको अवस्थामा शव फेला परेको छ ।

रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर ४ छतौनाटोल वस्ने लाल महम्मद धुनियाको १७ वर्षीया छोरी रोबिना मन्सुरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

युवतीको शव स्थानीय फुल महम्मद, लाल महम्मद, नसरुदिन मन्सुरी र निजकै श्रीमती सहनाज मन्सुरी समेत गरी ४ जना मिली स्थानीय जनरल कवाडीको घरमा ल्याएर छोडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए ।

अनुसन्धानमा खटेको प्रहरी टोलीले फुल महम्मदलाई नियन्त्रणमा लिएको छ । अन्य जुनैद मियाँ लगाएतका फरार व्यक्तिको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

असोज १६ गते वृन्दावन नगरपालिकाको १४ वर्षीया बालिका संझा कुमारीको हत्यारा पता नलाग्दै रौतहटमा पुनः २१ गते राती एक युवतीको शंकास्पद मृत्यु भएको हो ।