चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका-१ का ९२ वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको हो ।
लामो समयदेखि दम तथा उच्च रक्तचापको समस्या रहेको उनमा पछिल्लो समय खोकी र श्वासप्रश्वास देखिएपछि मंगलबार बेलुका ७ बजे अस्पताल भर्ना गराइएको थियो ।