सात वर्षीय बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा राजधानीबाट एक जना पुरुष पक्राउ परेका छन् ।
दाङ घोराही नगरपालिका ४ घर भइ हाल महादेवस्थान बस्ने ४३ वर्षीय पुरुष ७ वर्षीया बालिकामाथि बलात्कार आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो करिब पौने ४ बजे काठमाडौं महानगरपालिका ३२ महादेवस्थानस्थित बागमती करिडोरमा बालिकामाथि बलात्कारको प्रयास भइरहेको स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयले देखेपछि ती बालिकाको उद्दार गरिएको थियो। बालिकाको उद्दारपछि स्थानीयले ति पुरुषलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए । स्थानियले उनलाई नियन्त्रणमा लिएको भिडिओ अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्र सिंह राठौरका अनुसार ति बालिका सोही स्थानकी हुन् । पक्राउ परेका ति पुरुषले बलात्कार प्रयास गरेको र बालिकाको परीक्षणका लागि मेडिकल पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।