logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललितपुर महानगरपालिकाका प्रमुख कोरोनामुक्त


अंकुरण खबर
858
Shares

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना सक्रमणमुक्त भएका छन् ।

यही असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना भएका थिए ।

बुधबार दिउँसो ४ बजे मेयर सापको नतिजा नेगेटिभ आएकको प्रमुखका स्वकीय सचिव इन्द्र वज्राचार्यले जानकारी गराए  । उनले भने, ‘अब उहाँ छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुनुहुनेछ।’

मंगलबार मात्रै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र सोमबार महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना संक्रमणमुक्त भएको हुन् ।