logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीसँग समसामयिक विषयमा छलफल गर्न बालुवाटार पुगे प्रचण्ड


अंकुरण खबर
806
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि प्रचण्ड भर्खरै बालुवाटार पुगेका हुन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटका अनुसार दुई अध्यक्षबीच समसामयिक विषयमा छलफल सुरु भएको छ ।

ओली र प्रचण्डले केही समययता मन्त्रिपरिषद् पुनर्गठनका लागि छलफल गरे पनि निष्कर्षमा पुगेको छैन । मन्त्रिपरिषद् पुनर्गठन अनिश्चितसमेत बनेको छ । मन्त्रिपरिषद् पुनर्गठन दशैंतिहार अघि हुने सम्भावना कम भएको नेताहरुले बताउन थालेका छन् ।

त्यस्तै पार्टी एकताका बाँकी कामका विषयमा पनि आज छलफल हुने बताइएको छ ।