logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनसरीमा ३९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु


अंकुरण खबर
923
Shares

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको धरान उपमहानरपालिका १० घर भएका ३९ वर्षीय पुरुष रहेका छन् । उनमा गत असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई असोज १३ गते प्रतिष्ठानमा भर्ना गरिएको अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उपचाररत ती पुरुषको बिहीवार बिहान ४:२२ मा मृत्यु भएको हो ।

उनको जनस्वास्थ्यको मापदण्ड अनुसार अन्त्येष्टीको काम भइरहेको छ ।