logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
715
Shares

विराटनगरमा कोरोनाभाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–५ का ८२ वर्षीय वृद्ध रहेका छन् । उनको बिहिबार बिहान होम आइसोलेसनमै मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनी घरमै होम आइसोलेसनमा बसेका थिए ।

ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने भएपछि उनको असोज १७ गते स्वाब संकलन गरिएकोमा १९ गते रिपोर्ट पोजेटिभ आएको थियो ।