logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मकवानपुरमा ५८ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
650
Shares

मकवानपुरमा ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा आज ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालले जनाएको छ ।

उनीहरुमध्ये ३८ पुरुष र २० महिला रहेका छन् । कोरोना संक्रमितहरुमध्ये धेरैजसो हेटौंडा उपमहानगरपालिकाकै बासिन्दा रहेको जिल्ला स्वास्थ्य कार्यालय, मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार केही मात्रै छिमेकी जिल्लाको रहेका छन् ।

योसँग मकवानपुरमा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय ६८ पुगेको छ । यसमध्ये एक हजार तीन सय ४९ जना निको भइसकेका छन् ।