logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट मोरङ र सुनसरीमा दुई जनाको मृत्यु


अंकुरण खबर
1.443K
Shares

कोरोना भाइरसको संक्रमणबाट मोरङ र सुनसरीमा दुई जना जनाको मृत्यु भएको छ ।

आज बिहान साढे ६ बजे मोरङको बिराटनगर महानगरपालिका–५ का ८२ वर्षीय वृद्धको मृत्यु भएको हो। कोरोना संक्रमण भएपछि उनी होम आइसोलेसनमा बसिरहेका थिए । उनको घरमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनलाई ज्वरोसँगै श्वास फेर्न गाह्रो भएपछि कोरोना परीक्षण गरिएको थियो । असोज १९ गते आएको कोरोना परीक्षण रिपोर्टमा पोजिटिभ देखिएको थियो । त्यसयता उनी घरमै बसिरहेका थिए ।

त्यस्तै, सुनसरीको धरान नगरपालिका–१० का ३९ वर्षीय युवकको आज बिहान मृत्यु भएको छ । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। घरमै बसिरहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि असोज १३ गते अस्पताल भर्ना गरिएको थियो।

उनको आज बिहान साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता आशिष श्रेष्ठले बताए । श्रेष्ठका अनुसार युवकलाई श्वासप्रश्वासमा समस्या भएको थियो । उनलाई ज्वरो पनि आएको थियो ।