logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा एकैदिन थपिए ४३६४ जना कोरोना संक्रमित, २६७५ जना डिस्चार्ज


अंकुरण खबर
1.313K
Shares

नेपालमा थप ४३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप  ४३६४  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोनालाई जितेर २६७५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसंगै ७१ हजार ३४३ जना निको भएर घर फर्किएका छन् ।

कोरोना संक्रमणबाट अहिलेसम्म ५९० जनाको मृत्यु भएको छ ।