पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा ७१ हजार ३ सय ४३ संक्रमित उपचारपछि निको भएका छन् ।
आज १८ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ११ लाख ३१ हजार ९ सय ५८ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।