logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
832
Shares

नेपालमा एकै दिन १२ जना कोरोना संक्रमित थपिएका छन् ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ८ वटा जिल्लाका ४ महिला र ८ पुरुष गरी १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुनसरीमा ३९, धनुषामा ७० वर्षीय पुरुष, काठमाडौंमा ७९ वर्षीया महिला, ५८ र ९१ वर्षीय पुरुष, ललितपुरमा ७३ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै, चितवनमा ८१, ८१ र ९२ वर्षीय पुरुष, कास्कीमा ८३ वर्षीय पुरुष र सुर्खेतमा ८२ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।