logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दशैँको टीकाको साइत सार्वजनिक, कुन देशमा कहिले ?


अंकुरण खबर
884
Shares

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ ।

विभिन्न देशमा बसोबास गर्ने नेपालीबाट टीकाको साइत माग भएअनुसार समितिले बिहीबार स्थानीय समयअनुसार नेपालको समय मिल्नेअनुसार साइत सार्वजनिक गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

समितिले नेपालमा कात्तिक १० गते अर्थात अक्टोर २६ का दिन बिहान १० बजेर १९ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको छ । यस्तै भारतमा अक्टोबर २६ कै दिन बिहान १० बजेर ३५ मिनेटमा टीका लगाउने साइत तय गरिएको छ भने अमेरिकाको न्यूयोर्कमा अक्टोबर २५ को ११ बजेर ५ मिनेटमा टीका लगाउने सायत जुराइएको छ ।

यस्तै टेक्सासमा २५ अक्टोबरको ११ बजेर ५७, मिनेट, मेलबर्न, अस्ट्रेलियामा २६ अक्टोबरको ९ बजेर ९३ मिनेटमा तथा सिड्नीमा ९ बजेर ४३ मिनेटमै टीका लगाउनु पर्ने साइत निकालिएको छ ।

समाजका सभापति प्राडा माधव भट्टराई र सदस्यसचिव सन्तोष वाशिष्ठले जारी गरेको विज्ञप्तिमा नेपालसहित विभिन्न देशमा कुन समयमा टीका लगाउने भनेर स्थानीय समयसहितको साइतबारे जानकारी दिइएको हो ।