logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक हप्तामै काठमाडौं उपत्यकामा १० हजार बढीमा कोरोना पुष्टि


अंकुरण खबर
949
Shares

काठमाडौं उपत्यकामा एक हप्ताभित्रै १० हजार बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो एक हप्तामै उपत्यकामा १० हजार बढी व्यक्तिमा कोरोना पोजेटिभ देखिएको जानकारी गराए ।

बिहीबार मात्र उपत्यकामा २ हजार ५ सय ४० जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंका २०८५, ललितपुरका ३२० र भक्तपुरका १३५ छन् ।

प्रवक्ता गौतमले उपत्यकामा निषेधज्ञा खुलेसँग मानिसहरूको चहलपहल बढेको र स्वास्थ्य मापदण्ड पूरा पालना नगरिएका कारण संक्रमण संख्या ह्वात्तै बढेको जनाए ।

साथै, बाहिरबाट उपत्यका आउने व्यक्तिहरू दुई साता क्वारेन्टिनमा बसेर काममा फर्किने मापदण्ड भए पनि त्यो पनि पालना नभएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय उपत्यकामा संक्रमण दर ह्वात्तै बढेकाले अस्पतालहरूमा समेत बेड अभाव हुन थालेको छ ।

अधिकांश अस्पतालहरूले आइसियू बेड भरिएको भन्दै नयाँ बिरामी भर्ना गर्न नसकिने जनाएका छन् ।