logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिपी प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
923
Shares

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी-६ सुनसरीका ६८ वर्षीय पुरुष र  दुहवी, सुनसरीका ५२ वर्षीय पुरुष रहेका छन् ।

इटहरीका पुरुष प्रतिष्ठानको कोभिड अस्पतालमा यही असोज २२ गते उपचारका लागि भर्ना भएका थिए । उनलाई सोही दिन कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

पहिलेदेखि नै अन्य दीर्घरोगसमेत रहेका उनको बिहीबार राति साढे १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

त्यस्तै मृत्यु हुने दुहवीका ५२ वर्षीय व्यक्ति असोज १२ गते अस्पताल भर्ना भएका थिए । १२ गते नै कोरोना पोजेटिभ पुष्टि भएका उनको आज राति २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा पहिलेदेखि नै मिर्गौला रोग थियो ।