logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकार र डा. केसीका प्रतिनिधिबीच आज पनि वार्ता हुँदै


अंकुरण खबर
702
Shares

चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसी पक्ष र सरकारी टोलीबीच आज पनि वार्ता हुँदैछ ।

बिहीबार दुई चरणमा भएको वार्ता सकारात्मक भएपछि थप छलफल हुन लागेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीको संयोजकत्वको सरकारी टोली र डा जीवन क्षेत्रीको नेतृत्वको केसी पक्षको टोली विच छलफल हुन लागेको हो ।

डा. केसीले अघि सारेका छ बुँदे मागलाई सम्बोधन गरेर २६ दिनदेखि जारी अनसन अन्त्यको प्रयास दुबै टोलीले गरेका छन् । केसीका माग सम्बोधन गर्न वार्ता टोलीले सहमतिको मस्यौदा तयार पारेको छ । त्यसमा केही विषयमा सहमति जुटन बाँकी रहेकाले दुबै टोलीले थप छलफल गर्न लागेको जनाइएको छ ।