नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ ।
आज छापावाला सुन प्रतितोला ९ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कोरोबार भइरहेको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ११ सय ९५ रुपैयाँमा कोरोबार भइरहेको छ ।