गण्डकी प्रदेशमा कोरोना थप ३५ जनामा कोरोना पुष्टि भएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ४ हजार ५३३ पुगेको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार बिहान क्षयरोग उपचार केन्द्र, पोखरा पोखरा गरिएको परीक्षणमा प्रदेशमा ३५ जना नयाँ संक्रमित थप भएका हुन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार थपिएका नयाँ संक्रमितमा कास्कीका २४, तनहुँ ५, लमजुङ ३, नजलपरासी पूर्व २ र गोरखाका १ जना रहेका छन् ।
कास्कीका संक्रमितमध्ये एक जना पद्मा नर्सिङ होमका डाक्टर रहेका छन् भने एक जना अमेरिकाबाट आएका व्यक्ति हुन् ।
उनीहरु सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको जनाइएको छ ।