logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट विराटनगरमा एक बन्दीको मृत्यु


अंकुरण खबर
1.105K
Shares

मोरङको विराटनगरमा २० वर्षीय कैदी युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

जिल्ला कारागारमा रहेका उनको शुक्रबार बिहान सवा १० बजे कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

बिहीबार बिहान साढे ७ बजे भर्ना भएका युवकमा बिहीबार बेलुका ९ बजे कोरोना पोजेटिभ देखिएको थियो ।

आइसोलेसनमा नै रहेको अवस्थामा शुक्रबार बिहान सवा १० बजे उनको मृत्यु भएको कोशी अस्पताल विराटनगरको आइसोलेसन प्रमुख डा. लक्ष्मीनारायण यादवले जानकारी दिए ।

चिकित्सकका अनुसार युवकलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने थियो । तर कोशी अस्पताल कोभिड– १९ उपचार केन्द्र विराटनगरमा आईसीयू बेड खाली नभएका कारण अस्पतालकै आइसोलेसनमा राखिएको थियो ।

जिल्ला कारागार मोरङका जेलर सुवास लामिछानेका अनुसार मृतक युवक लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए । २१ माघ २०७६ देखि उनी जिल्ला कारागारमा रहेका थिए ।

१५ असोजमा कारागारमै रहेका २७ वर्षीय पुरुषको मृत्यु भएको थियो । ९१८ जना कैदी बन्दी रहेको कारागारमा पाँच जनालाई कोरोना पोजेटिभ देखिएको छ ।