logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्मचारीमा कोरोना देखिएपछि प्राधिकरणको हटलाइन सेवा बन्द


अंकुरण खबर
2.054K
Shares

नेपाल विद्युत प्राधिकरणको हटलाइन सेवा बन्द भएको छ ।

हटलाइन सेवा ११५० मा कार्यरत कर्मचारीलाइ कोभिड-१९ सक्रमण देखिएपछि सो सेवा केही दिनका लागि बन्द भएको हो ।

विद्युत प्राधिकरणले सूचना जारी गर्दै भनेको छ, ‘कोरोनाका कारण कार्यालय सिल गर्नु परेकोले हटलाइन सेवा ११५० केहि दिनको लागी वन्द गरिएको व्यहोरा जानकारीको लागी अनुरोध छ । यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौ ।’