logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

गोरखामा थप १४ जना प्रहरीमा कोरोना पुष्टि


अंकुरण खबर
897
Shares

जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत थप १४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

असोज २० गते नमुना संकलन गरी परिक्षणका लागि पठाएको १४ जना प्रहरी र भारतबाट आई होम क्वारेन्टाइनमा बसेकी २२ वर्षीया महिलाको रिपोर्ट शुक्रबार पोजिटिभ आएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले बताए ।

गत सोमबार गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो प्रहरी चौकीमा कार्यरत आठ प्रहरी तथा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १ गरी नौ प्रहरीमा कारोना संक्रमण पुष्टि भएको थियो ।

सोमबार संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक्ट ट्रेसिङका क्रममा थप १४ जना प्रहरीमा शुक्रबार संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।