logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली सेनाका थप १९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण


अंकुरण खबर
702
Shares

नेपाली सेनाका थप १९ जना सुरक्षाकर्मी तथा कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार देशका विभिन्न ठाउँमा गरी पछिल्लो २४ घण्टामा थप १९ जना सुरक्षाकर्मी तथा कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

थप १९ जनासहित कोरोना संक्रमित हुने सैनिक कर्मचारीको संख्या २ हजार ९ सय ८८ पुगेको छ ।

हालसम्म १ हजार ५ सय १८ जना सैनिक कर्मचारी कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट हालसम्म २ जना सैनिक कर्मचारीको मृत्यु भएको छ ।