कोरोना संक्रमणबाट बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीकी ८५ वर्षीया बृद्धाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा बिहीबार राति ९ बजे कोरोना संक्रमणबाट उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
उनलाई श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।