logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप २०५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या एक लाख नाघ्यो


अंकुरण खबर
884
Shares

नेपालमा थप २०५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २०५९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६ सय ७६ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर १६८०  जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।योसंगै ७३ हजार २३ जना निको भएर घर फर्किएका छन् ।

कोरोना संक्रमणबाट अहिलेसम्म ६०० जनाको मृत्यु भएको छ ।