पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ८० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा ७३ हजार २३ जना संक्रमित उपचारपछि निको भएका छन् ।
आज मन्त्रालयका अनुसार १३ हजार २ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ११ लाख ४५ हजार २ सय ३७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।